भूकम्प अपडेट

काठमाडौंमा एक जनाले छतबाट हाम फाले, बारामा ११ विद्यार्थी बेहोस

काठमाडौं । काठमाडौंमा भूकम्प जाँदा एक जनाले घरको छतबाट हाम फालेका छन् ।

आज बिहान गएको भूकम्पको धक्काले आत्तिएर नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरुषले घरको छतबाट हाम फालेका हुन् ।

उनको दुवै खुट्टामा चोट लागेको छ । उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरमा क्षति पुगेको छ ।

त्यसैगरी भूकम्पको धक्काले आत्तिएर बारामा विद्यार्थीहरू बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका हुन् ।

उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

One thought on “काठमाडौंमा एक जनाले छतबाट हाम फाले, बारामा ११ विद्यार्थी बेहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *