कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा नेपाल व्यावसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कलाकारहरूले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गरे । उनले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताए ।

उनले भने ‘कलाकारलाई सम्मान त गर्नुपर्छ नि त । आफूले केही गर्न नसकेपनि नेपालमा कलाकारिता गरेर यो विधालाई जीवन्त तुल्याइरहनुभएको छ, उहाँहरूलाई कदर गर्ने कार्यक्रममा जसरी पनि पुग्नुपर्छ भनेर म आइपुगेँ । कलाकारितालाई नयाँ पिँढीले पनि यसमा भविष्य छ भन्ने प्रेरणाको रुपमा लिनेछन् ।’

उपप्रधानमन्त्री सिंहले कलाकारिताको माध्यमबाट कलाकारहरूले नेपाललाई विश्वमा चिनाइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *