मन्त्रिपरिषद् बैठक निर्णय

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजीको पदावधि चार वर्षको हुने भएपनि सरकारले चाहेमा एक वर्ष थप्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *