लस एन्जलिसको जंगलमा आगलागी : हजारौं मानिस जोखिममा
मकालु खबर
२०८१ पुस २४ गते
काठमाडौं । अमेरिकाको लस एन्जलिसस्थित जंगलमा लागेको आगलागी तीव्र गतिमा फैलिँदै गएको छ । सुरुमा २० एकडमा सीमित रहेको आगो केही घण्टामै १२ सय एकड क्षेत्रफलमा फैलिएको छ ।
दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीका अनुसार, आगलागीको प्रभावलाई मध्यनजर गर्दै ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । यो आगलागीका कारण १३ हजार भवन तत्कालै जोखिममा परेका छन् ।
प्यासिफिक पालिसेड क्षेत्रका नजिकका भागहरूबाट बाक्लो धुवाँ निस्किरहेको भिडियो फुटेजमा देख्न सकिन्छ । स्थानीय बासिन्दा आफ्नो घरधुरी र सवारीसाधन त्यागेर भाग्न बाध्य भएका छन् ।
यस क्षेत्रको अन्य भागमा आगो फैलिने सम्भावना अझै रहेकोले क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।
मकालु खबर
२०८१ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित