डिउटीकै क्रममा अस्ताए प्रहरी सहायक हवल्दार पाली

काठमाडौं । इलाका प्रहरी कार्यालय बीपीनगर डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । ड्युटीका क्रममा बेहोस भएका सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बेहोस भएको पालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ रूपाल ३६ वर्षीय पाली बुधबार बिहान ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएका थिए ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो । सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो । अस्पतालले पालीलाई बुधबार बिहा पौने ७ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए ।

उनी बिहान ३ बजेदेख ६ बजेसम्मको कार्यालय ड्युटीमा रहेको बताइएको छ । मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *