पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई पक्राउ
मकालु खबर
२०८१ पुस २४ गते
काठमाडौँ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।
पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रुपैयाँ र राजेशले ८ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
मकालु खबर
२०८१ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित