खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे । सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उनले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताए ।

सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे ।

शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।

शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने ‘शान्तिप्रक्रियालाई जटिल मोडमा पुर्याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।’

शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उनले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा ९एमाले० सँग छलफल गर्ने बताए ।

एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । ‘शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ’ उनले भने ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।’

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए ।

२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन् ।

बुधवार झापाको कचनकवलमा आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन् ।

उनले एमाले केन्द्रीय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राखेको भन्दै असहमति जनाए । उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए । उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाइको गणित नपुग्ने बताए ।

संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे । सरकारमा रहेका दुई राजनीतिक दलहरूले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे ।

उनले भने ‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सात बुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो त, नागरिकको अपेक्षा रु के हो त पार्टीका साथीहरूको अपेक्षा रु गाउँगाउँको अपेक्षा के हो रु भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ । चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय, सवा सयमा सीमित गरौँला त्यो ठूलो कुरा होइन । तर हामीले संविधान संशोधन गर्दैगर्दा यी विषयहरूको संशोधन गर्नु नै छ । समानुपातिकलाई व्यवस्थापन गर्नेकुरा त गर्नु नै छ । तर सबैभन्दा गहन रुपमा छलफल गर्नुपर्ने विषय अबको संविधान संशोधनपछाडि यो देशले ७० वर्षमा एक पटक लगातार पाँच वर्ष एउटै प्रधानमन्त्रीले शासन नगरेको देशमा पाँच वर्ष निरन्तर टिक्ने प्रधानमन्त्री बनाउने भन्ने पद्धतिको खोजी गर्नुपर्ने कर्तव्य छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदाहुँदै भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु । सात बुँदे समझदारी गर्दैगर्दा हामीले संविधान संशोधन आजको आवश्यकता जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ । संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाइको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीज्युले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।’

महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भएपनि काँग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीको अध्यक्ष र काँग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरे ।

बुधबार सुनको मूल्य बढ्यो

नेपाली बजारमा तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारदेखि स्थिर रहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण स् सकियो प्रतिवादीहरुको बहस

जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

नीतिज राईको इजलासमा आज आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरे ।

केही समयपछि जाहेरवालाको तर्फबाट बहस सुरु हुने बताइएको छ । आज प्रतिवादीका तर्फबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसंगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको भन्दै ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरिएको थियो ।

ऋषिकेश पोखरेल पत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई बुधवार धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । कोइराला पेशाले शिक्षक समेत हुन् ।

संघीय सांसद चौधरीको मुद्दामा सर्वोच्चले सुनाउन सकेन फैसला

कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुण चौधरी विरुद्धको मुद्दा सर्वोच्चले निसु सारेको छ । बुधवार सर्वोच्च अदालतले फैसला सुनाउन भनी पेसी तोकिएपनि सर्वोच्च अदलातले फैसला सुनाउन नसकेको हो ।

प्रधानन्यायाधीश सहित पाँच न्यायाधीशको इजलासले फैसला तयार नभएको भन्दै निसु सारेको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा।मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।

सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विषयमा अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भूकम्पको पराकम्प

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् ।

आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पराकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिए । उनले भने,“खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत् नजिक पर्छ, त्यहाँ धेरै पराकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।”

पराकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताए । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

यस भूकम्पका पराकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बत्को नजिकपर्ने भएकाले त्यस क्षेत्रमा बढी पराकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।
मेडिकल व्यवसायी प्रसाईंविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अभियोगपत्र दायर

काठमाडौं । मेडिलक व्यवसायी दुर्गा प्रसाईं विरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ ।

बुधवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं सहित पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको छ ।

उनीहरुलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ ।

आफ्नै छोरीहरुको हत्या आशङ्कामा आमा पक्राउ

सल्यानको कुपिण्डे नगरपालिका-११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई पक्राउ गरेको छ ।

बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् । उनीहरुको हत्या आशङ्कामा आमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी रमेश क्षेत्रीले बताए ।उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेका थिए । छोरीहरुसंग उनीहरुकी आमा बस्दै आएकी थिइन् ।

आमाबाट नै घटना घटेको हुनसक्ने आशङ्कासहित प्रहरीले आमा रानालाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा आफू पनि मर्ने उद्देश्यसहित छोरीलाई मारेको पूर्णिमाले प्रहरी समक्ष भनेकी छन् ।

प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला

उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ ।

न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले आज काउन्सिलको काम, कारबाहीमा तत्काल हस्तक्षेप गर्नुपर्ने आदेश जारी हुनु नपर्ने भन्दै बाटो खुला गरिदिएको हो ।

गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेकोलगायत कारण देखाउँदै प्रेस काउन्सिलले विभिन्न अनलाइन पोर्टललाई कालोसूचीमा राखी कारबाही गर्ने निर्णय गरेको थियो । काउन्सिलको उक्त निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दियो मिडिया प्रालिले उच्च अदालतमा रिट दायर गरेको थियो ।

रिटमाथिको सुनुवाइपछि अदालतले काउन्सिलको अनुगमन र नियमनमा अवरोध नहुने आदेश जारी गरेको हो । काउन्सिलका तर्फबाट अधिवक्ताहरु अनन्तराज लुइँटेल, विकास भट्टराई, लीलाधर उपाध्याय, झविन्द्र भुसाल, कीर्तिनाथ शर्मा, विशाल थापा र प्रतिभा उप्रेतीले बहस गरेका थिए ।

यसअघि पनि उच्च अदालतले नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट हटाउने निर्णयलाई विधिसम्मत भन्दै काउन्सिलका पक्षमा आदेश दिएको थियो ।

यी हुन् पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका नेपालका ६ खेलाडी

पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् ।

ड्राफ्टमा अटाएका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी रहेका छन् । पीएसएलको खेलाडी ड्राफ्टबाट खेलाडी छनोट गरिने छ । पिएसएलका अनुसार खेलाडी ड्राफ्ट १३ जनवरीमा पाकिस्तानको लाहोरमा हुनेछ ।

दशौं संस्करणको पिएसएल १० अप्रिलदेखि सुरु हुनेछ । लिगमा अघिल्ला संस्करणमा झै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

कार दुर्घटनामा परे भारतीय अभिनेता अजित कुमार

दक्षिण भारतीय अभिनेता अजित कुमार दुर्घटनामा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी दुबईमा दुर्घटनामा परेका हुन् । यद्यपी उनलाई चोट भने लागेको छैन। उनको दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडिओमा उनी कार चलाइरहेका छन् ।

उनी कार रेसमा सहभागी हुन दुबई पुगेका थिए। जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए। प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्किन पुगेको हो ।

अजित दुबईमा हुने २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन्। उनले आफ्नो टिमसँग प्रशिक्षण सुरू गरेका थिए।

मार्टिन गप्टिलद्वारा सन्यासको घोषणा

न्युजिल्याण्डका क्रिकेटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय गप्टिलले आधिकारिक रूपमा सन्यासको घोषणा गरेको न्युजिल्याण्ड क्रिकेटले बताएको छ ।

गप्टिलले न्युजिल्याण्डका लागि सबै फर्म्याटमा गरेर ३६७ खेल खेल्दा १३ हजारभन्दा धेरै रन बनाएका छन् । उनी न्युजिल्याण्डका लागि एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने पहिलो र हालसम्म एकमात्र खेलाडी हुन् । उनले विश्वकपको खेलमा दोहोरो शतक बनाएका थिए ।

उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् । यस्तै ओडीआईमा ७ हजार ३४६ रन बनाएका उनले टी(२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।

उनले २०२४ मा नेपालमा भएको नेपाल प्रिमियर लिग एनपीएलमा पनि सहभागि भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *