यस्तो छ थाइल्यान्डमा नेटाको उपस्थिति
काठमाडौं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आंकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ । उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समाबेश भएको पाउन सकिन्छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।
नेटा V क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (इभीएस) चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ वाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ ।
नेटा V छिटो २० मिनेटको चार्जमा ३०% बाट ८०% सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किमी वारेन्टी छ । नेटा X एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ ।
अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा X ले पनि ८ वर्ष वा १ लाख ८० हजार किमि वारन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा X लाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।