पोखरामा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौँ । पोखरा महानगर १९ स्थित नव आदर्श सामुदायिक समाज भवनमा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । उक्त तालिममा ९१ जनाले सहभागिता जनाएका थिए भने ३९ जना महिला स्वयंसेविकाहरुको उपस्थित रहेको थियो ।
उक्त तालिम कार्यक्रम योगदान राष्ट्रको लागि कास्की अध्यक्ष बिमला आचार्यको अध्यक्षता र वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख अतिथिमा भएको हो ।
एकदिने तालिममा केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले तालिम दिएका थिए ।
कार्यक्रममा योगदान राष्ट्रको लागि कास्की जिल्ला सचिव नेत्र ढकालले कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष तारा अधिकारी, सदस्य प्रकाश गुरुन्ग , सदस्य दुर्गा गिरीको उपस्थित रहेको थियो भने र सदस्य प्रताप भण्डारीले कार्यक्रमको संयोजक गरेका थिए ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित