राजकिशोर यादव र प्रेम सुवालबीच किन पर्यो चर्काचर्की ? [भिडिओ]
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापति र सदस्यबीच चर्काचर्की भएको छ ।
संसदीय समिति सभापति एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव र समिति सदस्य नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की भएको हो ।
आज समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो । छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजेपछि यादव र सुवालबीच चर्काचर्की भएको हो ।
सुवालले औंला ठड्याएर सत्ताधारी दलका सांसदले जति पनि समय बोल्ने आफूलाई बोल्न समय नदिने विषयमा असहमति रहेको बताउँदा सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरेका थिए ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित