आठौँ वार्षिकोत्सवको अवसरमा राइटपाथले सार्वजनिक गर्याे छुट अफर

काठमाडौँ । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करिअर काउन्सिलिङले आफ्नो आठौँ वार्षिकोत्सव मनाउने भएको छ ।

शुक्रवार काठमाडौँको पुतलीसडकस्थित प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरि राइटपाथले आफ्नो आठौँ वार्षिकोत्सव मनाउन लागेको हो ।

यस अवसरमा राइटपाथले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न छूट सुविधा सार्वजनिक गरेको छ ।

उक्त छूट सुविधा अन्तर्गत विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई एप्लिकेसन प्रोसेसिङ निःशुल्क गरिएको राइटपाथ करिअर काउन्सिलिङका प्रबन्धक सम्राट सिंह ठकुरीले बताए ।

उनले २ हजार २५ रुपैयाँमा नै आइइएलटिएसको कक्षामा सहभागी हुन सकिने बताए । उनले यो अफर १ फेब्रुअरी २०२५ सम्म मात्र लागु हुने जानकारी दिए । आइइएलटिएस परीक्षा बुकिङमा पनि रु. ४,५०० छुट दिइएको उनले जानकारी दिए ।

यसका साथै राइटपाथले विभिन्न खेलहरूमा पनि आफ्नो सहभागिता जनाउँदै आइरहेको छ । पछिल्लो आइपिएल, यूरोकप र एनपिएल फुटबल प्रतियोगितामा पनि राइटपाथले ‘प्रेडिक्ट एण्ड विन’ नामक कार्यक्रमको घोषणा गरेको थियो ।

उक्त घोषणा अनुसार कमेन्टमा विजेता टोलीको बारेमा सबैभन्दा धेरै सही अनुमान गर्ने व्यक्तिलाई वार्षिकोत्सव कार्यक्रममा स्मार्ट फोन हस्तान्तरण गरिने राइटपाथ करिअर काउन्सिलिङका सिइओ फिलिप डिसीले बताए ।

सिइओ डिसीले यस यात्रामा साथ दिने शाखा प्रमुखहरू, कर्मचारीहरू, विद्यार्थीहरू, अभिभावकहरू, मिडिया साझेदारहरू र उद्योगका सहकर्मीहरूको सामूहिक प्रयासको प्रतिबिम्ब भएको बताए ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई राइटपाथले करियर काउन्सिलिङ गर्दै आएको छ ।

राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ । काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, बानेश्वर, ललितपुरको कुमारीपाटी , चितवन, हेटौँडा, दाङ, बुटवल र धनकुटामा पनि राइटपाथले सेवा विस्तार गरिसकेको छ ।

राइटपाथले युके, अमेरिका, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तव्यका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *