वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा विश्वभक्त दुलाल (आहुति) चयन भएका छन् ।
पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले आहुति नेतृत्वमा ५१ सदस्यीय केन्द्री समिति गठन गरिएको छ । बिहीबार सम्मेलनका निर्णय सार्वजनिक गर्दै महासचिव आहुतिले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरू एक हुनका लागि पहल गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, क्रान्तिकारी शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय पनि गरिएको छ ।
माघ २० गतेसम्म सबै ब्यूरोस्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । पार्टीको राष्ट्रिय सम्मेलन गत १९ देखि २१ पुससम्म काठमाडौंमा भएको थियो ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित