नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौँ । सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । अघिल्ला ६ कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १८.१४ अङ्कले घटेर २६३५.०९ विन्दुमा कायम भएको हो ।
बजार घटे पनि कारोबार रकम भने उकालो लागेको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज होटल बाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, फाइनान्स, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया