अख्तियारकै कार्यालयमा घुससहित पक्राउ परेका ‘हाकिम’ विरुद्ध मुद्धा दायर
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) ध्रुव प्रसाद सापकोटा विरुद्ध मुद्दा दायर गरिएको छ । बिहीबार उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।
घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै उनी पक्राउ परेका थिए ।
अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित