सुर्यदर्शन सहकारी ठगी प्रकरण

आदेश लेखनमा कास्की अदालत : रविले भने, तारेखमा छुट्न पाए पीडितलाई न्याय दिन्थेँ

काठमाडौं । जिल्ला अदालत कास्की सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएकाहरुको  आदेश लेखनमा जुटेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अदालतमा अभियोगपत्र दायर गरिएको थियो । थुनछेक बहसका प्रक्रिया पूरा भएपछि आदेश लेखन कार्य जारी छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोलन समय दिएकामा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने बताए ।

उनले भने,‘तारेखमा छुट्न पाएमा सहकारी पीडितलाई न्याय दिन्थेँ श्रीमान् ’ ।

उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउन सक्ने सम्भावना छ । आजै आदेश आउने सम्भावना देखिएपछि रास्वपाका शीर्ष नेताहरु पोखरा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *