मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो : शंकर पोखरेल

काठमडाौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।

देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उनले बताए ।

बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने समेत बताए । उनले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई ध्रुवीकृत गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनैपनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरु राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरु कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरु कुन पार्टीले दिनसक्छ रु त्यसअर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । त्यो राजनीतिक स्थायित्व कसैले दिनसक्छ भने त्यो नेकपा एमाले पार्टीले मात्रै दिनसक्छ । देश बनाउने हो भने सानातिना पार्टीमा अल्मलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई धु्रविकृत गर्न जरुरी छ ।’

महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *