सुकेधारामा देशबन्धु बस्नेतले सञ्चालनमा ल्याए मर्क्युर होटल (भिडिओ)

काठमाडौं । काठमाडौंको सुकेधारा हाइटमा मर्क्युर काठमाडौं होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी देशबन्धु बस्नेतले ३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा पाँचतारे मर्क्युर काठमाडौं होटल सञ्चालन गरेका हुन् ।

गतिशील युवा व्यवसायी बस्नेतले सुकेधारा हाइटमा अत्याधुनिक सुविधा सम्पन्न पाँचतारे होटल निर्माण गरेका हुन् । देशको उद्योग र व्यवसायको अग्र मोर्चामा रहेका बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् भने वायु तथा यातायात समितिका अध्यक्ष हुन् ।

 

नेपालमा जाम्बियाको मानार्थ कन्सुल समेत रहेका बस्नेत एबी होल्डिङस्का अध्यक्ष हुन् । उसो त, बस्नेत इन्जिनियर समेत हुन् । उनले इन्जिनियरिङ अध्ययन गरे पनि छोटो समयमै सफल व्यवसायी बनेका छन् ।

बस्नेतले देशका धेरै स्थानमा होटल तथा रिसोर्ट सञ्चालन गरेर देशको आर्थिक विकासमा टेवा पुर्‍याएका छन् भने हजारौँ युवालाई रोजगारी दिएका छन् । सुकेधारा हाइट्समा पाँचतारे सुविधा सम्पन्न होटलको सञ्चालन गर्नु व्यवसायी बस्नेतको अर्को सफलता हो ।

फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटल मर्क्युर अत्याधुनिक सुविधा सम्पन्न होटल हो । मर्क्युर काठमाडौं होटलको ग्राउन्ड फ्लोरमा इटालियन रेस्टुराँसहित ३ वटा फरक किचन छन् । पहिलो तल्लामा ४०० जना अट्ने ब्यान्क्वेट रहेको छ । ठूला सभा, सम्मेलन, र विवाहका लागि उपयुक्त रहेको यस होटेलमा बाहिरी क्षेत्रको सुविधा पनि रहेको छ ।

मक्र्योर काठमाडौं होटेलमा स्विटसहित ४ प्रकारका रुम छन् । ११ तले रहेको यस होटेलमा १ सय ४ वटा विलासी कोठाहरू रहेका छन् । जसमध्ये १० औँ र ११ औँ तल्लामा जिम, स्टिम, सौनालगायत फिटनेसका लागि छुटाइएको छ । पाँचतारे मक्र्युर काठमाडौं होटलको छतमा स्विमिङ पुलसहितको बारको व्यवस्था गरिएको छ ।

यहाँबाट हिमालय र काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । युवा व्यवसायी बस्नेतले सुकेधारा हाइट्समा होटल मात्र निर्माण गरेका छैनन् । यहाँ रहेको खाली जग्गाहरूमा पनि सजावट गरेका छन् ।

अध्यक्ष बस्नेतले होटल अगाडि मुख्य सडकसँगै १ सय ४० मिटर पक्की सडक पनि निर्माण गरेका छन् । यसका साथै होटल बाहिर हरियाली पार्क समेत बनाइएको छ ।

६ रोपनी क्षेत्रफलमा फैलिएको मर्क्युर काठमाडौं होटलले प्रत्यक्ष र अप्रत्यक्ष गरी १८० देखि २२० जनालाई रोजगारी दिएको छ । होटलले स्थानीय जनशक्तिका लागि रोजगारी, सीप विकास र पेसागत वृद्धि गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *