अदालतको आदेशपछि रास्वपामा खुसीयाली
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्ययाधिश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
सभापति लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि रवि र रास्वपा समर्थक खुसी भएका छन् ।
पोखरामा सभापति लामिछानेका समर्थकहरूले सडकमा नाराबाजी गरिरहेका छन् । ‘यो जित कसको, जनताको’, ‘रवि दाई हाइहाइ’ लगायतका नारा लगाइरहेका छन् ।
पोखराका सडकमा रास्वपाका समर्थकहरूले भरिभराउ छ । सुरक्षाकर्मीको बाक्लो तैनाथी छ । अदालत क्षेत्रमा आवागमनमा कडाइ गरिएको छ ।
अदालतले तोकेको धरौटी बुझाए पनि सभापति लामिछाने रिहा हुने अवस्था छैन । लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएकाले उनलाई काठमाडौं जिल्ला अदालतमा हाजिर गराउन ल्याइने छ ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित