सुर्यदर्शन सहकारी ठगी प्रकरण : तीन जना धरौटी बुझाएपछि रिहा

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सात जनामध्ये ३ जना धरौटी बुझाएर रिहा भएका छन् । रिहा हुनेहरुमा सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ रहेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्ण गुरुङलाई १ लाख, मीना गुरुङ र आरती गुरुङलाई ५र५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै धरौटी बुझाएपछि उनीहरु रिहा भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *