मेडिकल व्यवसायी प्रसाईं तीन लाख धरौटीमा रिहा
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृत तथा व्यवसायीलाई धम्की दिएको आरोप लागेका प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल तीन/तीन लाख धरौटीमा रिहा भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।
प्रसाईं विरुद्ध आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो । उनी सहित तीन जनाविरुद्ध सो मुद्धा दायर भएकामा रामचन्द्र मैनाली फरार थिए ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित