सुर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेले बुझाए ६५ लाख धरौटी
मकालु खबर
२०८१ पुस २५ गते
काठमाडौं । पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसहित हिरासतमा रहेका सात जनालाई धरौटी माग गरेको थियो ।
लामिछाने सहित छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । लामिछानेसंग ६५ लाख, जोशीसंग ८८ लाख र खनालसंगग १५ लाख धरौटी माग गरिएको छ ।
अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।
मकालु खबर
२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित