बीमा क्षेत्रमा समस्या बीमा कम्पनी कै कारणले आएका हुन् : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा साक्षरताको अभाव रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले बीमा क्षेत्रमा सबैभन्दा ठूलो चुनौतिका रुपमा बीमा साक्षरता रहेको देखिएको बताए ।

उनले बीमा क्षेत्रले उद्योगी व्यवसायीदेखि आम नागरिकमा समेत बीमा साक्षरता जगाउन आवश्यक रहेको उल्लेख गरे । उनले उद्योगी व्यवसायीहरुले बीमाले लागत बढाउने मात्रै काम गर्‍यो भन्ने गुनासो जायज नभएको भन्दै बीमाले उद्योगलाई सुरक्षित गरेको कुरा भुल्न नहुने बताए ।

उनले बीमाले उद्योग व्यवसायको संरक्षण गरेको दाबी गरे । उनले बीमाका विषयमा सबैलाई साक्षर बनाउन नसकेको कुरा बीमा क्षेत्रले स्वीकार गर्नुपर्ने बताए । उनले बीमा क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या बीमा कम्पनीहरुकै कारण देखिएको उल्लेख गरे ।

उनले बीमाको प्रिमियम र दाबी भुक्तानीको समस्या बीमा कम्पनीहरुकै कारण ठूलो भएको बताउनु भयो । उहाँले यी समस्या समाधान बीमा कम्पनीहरुले सुधार गरेर गर्नु आवश्यक रहेको बताए । उनले बीमकले बीमा गरेको रकम दाबी भुक्तानी पाउन धेरै ढिला हुने गरेको गुनासो व्यापक रहेको भन्दै यसमा सुधार गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘बीमा क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बीमा साक्षरता रहेको देखिएको छ । बीमाले लागत बढाउने मात्रै नभएर सुरक्षित गरेको कुरा भुल्न हुँदैन । कुनै संस्थाको नेतृत्वले बीमाले लागत बढ्यो भन्न मिल्दैन । बीमा उद्योग व्यवसायको संरक्षण गरेको छ । बीमाका विषयमा सबैलाई साक्षर बनाउन नसकेको कुरा बीमा क्षेत्रले स्वीकार गर्नुपर्छ । बीमा कम्पनीहरुकै कारण विभिन्न समस्या सिर्जना भएका छन् । बीमाको प्रिमियम बढी भयो,क्लेयम पाइएन भन्ने छ । जुन बीमा क्षेत्रमा दुई तीनवटा समस्या छन् । ती बीमा क्षेत्रले सिर्जना गरेका हुन् । बीमकले बीमा गरेको रकम दाबी भुक्तानी पाउन धेरै ढिला हुने गरेको छ । यसमा सुधार गर्न आवश्यक छ । जीवन बीमा सरेण्डर असाध्यै बढेको छ । त्यसको जिम्मेवार को हो । बीमित,विमक,बीमा प्राधिकरण हो ? यसलाई कसरी निराकरण गर्ने हो । यो ठूलो समस्याको रुपमा छ । यो विषयमा पनि निराकरण गर्नु आवश्यक छ । यो समस्या समाधान गर्न बीमा प्राधिकरणले के गर्नुपर्छ गर्न तयार छ ।’

उनले पछिल्लो समय जीवन बीमा सरेण्डर गर्नेको सख्या बढ्दै गएको भन्दै त्यसको समाधानको लागि प्राधिकरणले गर्नुपर्ने काम गर्न तयार रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *