कास्की अदालतले विवेकपूर्ण निर्णय गर्‍यो : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले गरेको निर्णयलाई विवेकपूर्ण ठहर गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज सार्वजनिक प्रतिक्रिया दिँदै डा. भट्टराईले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशलाई उचित निर्णयको संज्ञा दिए । बिहीबार अदालतले लामिछानेसहितका ७ प्रतिवादीलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहितका प्रतिवादीहरूमाथि मुद्दा दर्ता भई १० दिन लामो थुनछेक बहसपछि अदालतले यस्तो आदेश जारी गरेको हो । आदेशबमोजिम धरौटी रकम बुझाएपछि लामिछाने रिहा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *