हस्तकलाजन्य सामग्रीहरूको निर्यातमा सरकारले ध्यान दिइरहेको छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तकलाजन्य सामग्रीहरूको निर्यातमा बढी जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल हस्तकला महासंघको ४४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले हस्तकलाजन्य सामग्रीहरूको निर्यात बढाउनका लागि आवश्यक काम गरिरहेको बताएका हुन् ।

उनले आन्तरिक बजारमा भन्दा निर्यातमा जोड दिन पनि हस्तकला महासंघलाई आग्रह गरे । हस्तकला उद्योगलाई अघि बढाउन आफ्नो निर्वाचन क्षेत्रमा सिलाई, कपडाजन्य उद्योगहरू सञ्चालनका लागि सहयोग गरिरहेको बताए । उनले हस्तकलाजन्य सामग्रीहरूले महिलालाई आत्मनिर्भर बनाउन, आय बढाउन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताए ।

उनले भने ‘यसले आन्तरिक बजारलाई पनि लिएको छ । त्यो भन्दा बढी यसले निर्यातमा जोड दिनुपर्छ । निर्यातका लागि, निर्यात वृद्धिका लागि के गर्नुपर्छ त्यसमा सरकार ध्यान दिइरहेको छ । यसमा ध्यान दिने नै छ । यहाँहरूसँग भेट नहुँदा पनि हामीले कसरी हस्तकला उद्योगलाई अघि बढाउने भन्ने सन्दर्भमा मैले आफ्नो निर्वाचन क्षेत्रमा केही व्यवसायको रुपमा चलाउन खोजेको छु । कपडा उद्योग, साबुन उद्योग, सिलाई उद्योग भयो । जसमा बढी महिलाहरू रोजगारी हुन्छन् । जसले गर्दा महिला सशक्तीकरण हुन्छ । महिलाको आय, महिलाको आत्मनिर्भरता बढ्छ । जसले सामाजिक उत्थानमा नै असाधारण योगदान गरेको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल कलाको इतिहास बोकेको देश भएको बताए । उनले कलाका लागि नेपाल प्रसिद्ध भएको उल्लेख गरे । आयात प्रतिस्थापनका लागि उपभोग्य वस्तुहरूको उत्पादन स्वदेशमै गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *