आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको चौथौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको बताए ।

अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्दै अगाडि बढ्ने बताए । “पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण खम्बाको रूपमा रहेको छ, यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उनले भने ।

वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्या बुझ्ने र समाधान गर्ने प्रयासहरू सुरू भइसकेको उल्लेख गर्नुभयो । मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरैभन्दा धेरै पर्यटकहरू भित्रिने बताए ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा सापकोटा

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा राजेन्द्रप्रसाद चयन भएका छन् । सङ्गठनको आज सम्पन्न चौथो महाधिवेशन तथा निर्वाचनले सापकोटाको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको पर्यटन उपत्यका विशेष जिल्ला कमिटीका सदस्य विनोद सापकोटाले राससलाई जानकारी दिए ।

यस्तै, सङ्गठनको वरिष्ठ उपाध्यक्षमा यमबहादुर खड्का पाँच उपाध्यक्षमा लिलाबहादुर लामा, गोपालबहादुर बम, चीरञ्जीवी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई, महासचिवमा रामबहादुर खड्का निर्वाचित भएका छन् ।

यसैगरी, दुई उपमहासचिवमा प्रदीप आचार्य र दीपक दाहाल र छ सचिवमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, डिल्लीराम शर्मा अधिकारी, भुवनबहादुर पाण्डे र बलराम सुवेदी र कोषाध्यक्षमा विक्रम बाडे चयन भएका छन् । यस्तै बाँकी सदस्यपनि चयन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *