माल्टाको सडक दुर्घटनामा २५ वर्षीया गौरीको मृत्यु
मकालु खबर
२०८१ पुस २८ गते
काठमाडौं । युरोपेली मुलुक माल्टामा २५ वर्षीया गौरीकुमारी बरालको सडक दुर्घटनामा मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन् ।
जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए । मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।
मकालु खबर
२०८१ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित