राजधानीमा माघीको रौनक (तस्बिरहरू)
काठमाडौँ । आज मुलुकभर थारु समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
यसैबीच आज मगर समुदायका मानिसहरू राजधानी काठमाडौँका विभिन्न ठाउँमा भेला भएका छन् । उनीहरू मगर भेषभुषामा चिटिक्क परेर माघे सङ्क्रान्ति मनाउन भेला भएका छन् ।
भृकुटीमण्डपमा जम्मा भएर उनीहरू र्यालीसहित भद्रकाली, शहीदगेट, न्युरोड हुँदै टुँडिखेल पुगेका छन् । र्यालीमा अन्य समुदायका मानिस पनि सहभागी छन् ।
हेर्नुहोस् तस्बिरहरू :