ओलीले वन र निकुञ्जको जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन् : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले बाट निकालिएका डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गा समेत व्यक्तिलाई दिन सकिने प्रपञ्च गरिरहेको बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सो कुरा बताएका हुन् ।

पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ? भन्दै उनले प्रश्न समेत गरेका छन् । सरकारी वा सार्वजनिक जग्गामा आँखा लगाउने र आधिपत्य जमाउन खोज्ने ठूला दलका भनिने गठबन्धनकर्ता नै देखिएका उनको भनाई छ ।

सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ । यद्यपि उक्त अध्यादेश राष्ट्रपति पौडेलले जारी नगरी रोकेका छन् । उक्त अध्यादेश राष्ट्रपतिले अध्ययन गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश लगायत पाँच वटा अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *