अध्यादेश ल्याएको भन्दै निजी क्षेत्रले दियो सरकारलाई धन्यवाद
मकालु खबर
२०८१ माघ २ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सरकारले हालै जारी गरेको अध्यादेशको समर्थन गर्दै निजी क्षेत्रका सङ्घ–संस्थाले सरकारलाई धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूलाई भेटेर नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका प्रतिनिधिले धन्यवाद दिएका हुन् ।
उनीहरूले नयाँ अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाएका छन् ।
मकालु खबर
२०८१ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित