हिरासतमुक्त भएपछि रविले भने – देशमा न्याय मरेको छैन,सबैलाई धन्यवाद
मकालु खबर
२०८१ माघ २ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमुक्त भएका छन् । बुधवार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएपछि उनीविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो ।
अदालतको आदेश लगत्तै ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि उनी हिरासत मुक्त भएका हुन् । हिरासतमुक्त भएपछि लामिछानेले देशमा न्याय नमरेको बताए । आफू न्याय प्रक्रियामा सघाउन आएको र अदालतप्रति सम्मान रहेको बताउँदै उनले भने, ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ,’।
यसअघि पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
मकालु खबर
२०८१ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित