नेपाललाई हराउँदै भारतले जित्यो महिलातर्फको खो-खो विश्वकपको उपाधि

काठमाडौं । भारतमा जारी महिलातर्फको खो-खो विश्वकपको उपाधि भारतले जितेको छ ।

आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा नेपाललाई ७८-४० अंकले हराउँदै भारतले महिलातर्फको उपाधी हात पारेको हो ।

नेपाली महिला राष्ट्रिय खो-खो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको थियो । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिवार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको थियो ।

खो-खो विश्वकपको पुरुषतर्फ पनि उपाधिका लागि नेपाल र भारत नै प्रतिस्पर्धामा छन् । उक्त खेल केही समयमा सुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *