अछामको ढकारीमा बाख्रा चराउन गएका फुपूभदै मृत फेला
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १३ गते
![अछामको ढकारीमा बाख्रा चराउन गएका फुपूभदै मृत फेला](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/achham-.png)
काठमाडौं । अछामको ढकारी गाउँपालिका-१ छिन्ने वडार जंगलमा दुई जना किशोरी मृत अवस्थामा फेला परेकी छन् । ढकारी गाउँपालिका-८ पल्साँताकी १४ वर्षीय सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्का शनिबार जंगलमा मृत भेटिएकी हुन् ।
उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन् । उनीहरु शुक्रबार बिहान बाख्रा चराउन जंगल गएका थिए । तर, साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयहरूले खोजी सुरु गरेका थिए । खोजीको क्रममा शनिबार जंगलमा उनीहरूको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित