धनगढीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १३ गते
![धनगढीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु](https://www.makalukhabar.com/wp-content/uploads/2024/04/hatya.jpg)
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । शनिबार राति भाइको कैची प्रहारबाट दाइको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दर्शन खड्काका अनुसार, ३० वर्षीय प्रकाश बोहराले आफ्ना दाइ ३५ वर्षीय लालबहादुर बोहरालाई विवादका क्रममा घाँटीमा कैचीले प्रहार गरेका थिए । राति करिब साढे १२ बजे भएको घटनामा गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा लगिएको थियो । तर, चिकित्सकहरूको प्रयासका बावजुद राति २ः ५० बजे उनको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानले घटना सामान्य भनाभनबाट सुरु भएको देखाएको छ । विवादको क्रममा आक्रोशित भएका प्रकाशले कैची प्रहार गरेको प्रहरीको भनाइ छ । दाइको मृत्यु भएपछि प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित