बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निर्देशकमा पासवान नियुक्त
मकालु खबर
२०८१ माघ १४ गते
जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ ।
विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट चारवर्षे कार्यकालका लागि पासवानलाई नियुक्त गरिएको परिषद्ले जनाएको हो ।
परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए ।
पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी हुन् ।
जनकपुरधामसहित महोत्तरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्रभित्रका सीमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरुको संरक्षण संवद्र्धनका लागि संस्थापक कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको नेतृत्वमा गठन भएको थियो ।
मकालु खबर
२०८१ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित