इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १४ गते
![इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/plaisnai-mk.jpg)
एजेन्सी । इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको बताए ।
केही कैदीहरूलाई ओफर जेलबाट वेस्ट बैंकमा रिहा गरिएको थियो भने गाजा वा विदेश निर्वासनको लागि लगिएका अरूलाई दक्षिणी इजरायलको नेगेभ जेलबाट रिहा गरिएको थियो । रामल्लाह गभर्नरेटका प्यालेस्टिनी अधिकारीहरूले पनि रिहाको समन्वय गरेका थिए ।
रिहा गरिएकाहरूमध्ये १६ जना गाजा गए । प्यालेस्टिनी कैदी मामिला प्राधिकरणकाअनुसार २०० कैदीहरूमा १२१ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए ।
७९ जना लामो सजाय भोगिरहेका थिए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित