पाकिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १४ गते
![पाकिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु](https://www.makalukhabar.com/wp-content/uploads/2024/11/Pakistan-bom-blast-mk.jpg)
फाइल फोटो ।
बलुचिस्तान । पाकिस्तानको खुजदार–शाहदादकोट राजमार्गको खोरी क्षेत्रमा खुजदारबाट रावलपिंडी जाँदै गरेको यात्रु बस नजिकै भएको कार बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
खुजदारका सहायक आयुक्त हफिजुल्लाह काकरले विस्फोटमा एक यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य छ जना घाइते भएको बताए । उनले कार पूर्ण रुपमा नष्ट भएको बताए ।
विष्फोटको सूचना पाएलगत्तै घटनास्थलमा पुगेका सुरक्षाकर्मी र बम डिस्पोजल टोलीले शव र घाइतेलाई खुजदार शिक्षण अस्पतालको ट्रमा सेन्टरमा लगेको थियो ।
यद्यपि, गम्भीर घाइते भएका क्लिनरको अस्पतालमा मृत्यु भएको थियो भने अन्य घाइतेहरूलाई खुजदारको सीएमएचमा लगिएको थियो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित