१० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्‍याउने सरकारले लक्ष्य रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्युन कार्वन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले विकास निर्माण गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता परिपूर्ति गर्नु पहिलो चाहना भएको बताए ।

उनले प्रत्येक घरमा एक वर्षभित्रमा विद्युतीकरण सरकारले गरिसक्ने लक्ष्य रहेको बताए । उनले सरकारले प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गरी आगामी १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पुर्‍याउने लक्ष्य राखेको बताए ।

उनले सरकारले वातावरणीय प्रभाव न्युनिकरणका विषयलाई पनि सँगै लिएर हिँडेको बताए । उनले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्नेलक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताए ।

उनले जलविद्युत उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए ।

उनले नीतिगत हिसावले सुधार गरेर जलविद्युत लगानीकर्ताहरुको लागी मार्ग प्रशस्त गर्ने बताए । ‘विकास निर्माण गर्दै गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई हाम्रो आवश्यकता परिपूर्ति गर्ने पहिलो चाहना राखेका छौं । प्रत्येक घरमा एक वर्षभित्रमा विद्युतीकरण भइसक्नुपर्छ । प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गर्ने १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पुर्‍याउने लक्ष्य राखेका छौं । सरकारले वातावरणीय प्रभावका कुरालाई सँगै लिएका छौं । हामीले पेरिस सम्झौता गरेका छौं । सन २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य राखेका छौं । त्यो लक्ष्य प्राप्तिका लागि काम गरिरहेका छौं’ उनले भने ।

उनले लगानीकर्ताले गर्ने जलविद्युत उत्पादनको काममा अवरोध सिर्जना हुने वातावरण नदिने उल्लेख गरे ।

उनले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *