‘एक्टर : टेक वान’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौँ । चलचित्र ‘एक्टरः टेक वान’ को प्रदर्शन तत्कालका लागि रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरकालीन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले सो आदेश दिएको हो ।

माघ ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ का निर्माताले ‘एक्टरः टेक वान’ विरुद्ध जिल्ला अदालतमा रिट दायर गरेको थियो । नामको विषयलाई लिएर ‘एक्टर’ का निर्माताले ‘एक्टरः टेक वान’ विरुद्ध रिट दायर गर्दै प्रतिलिपि अधिकार बमोजिम कारबाही गरि उचित क्षतिपूर्ति दिलाउन माग गरेका थिए ।

यो सँगै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ लाई तत्कालका लागि रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरकालीन आदेश दिएको हो ।

अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *