डीएभी कलेजको आयोजनामा सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता भोलिबाट सुरु हुँदै
ललितपुर । ललितपुरको जावलाखेलमा रहेको डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सह-अस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले भोलि (बुधवार) देखी कलेजले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आफ्नै फुटसल मैदानमा प्रतियोगितामा सञ्चालन हुने कलेजका प्रिन्सिपल सुमन बस्नेतले बताए । देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल बस्नेतले जानकारी दिए । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने उनले बताए ।
ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ ।