त्रिकोणात्मक टी-२० शृङ्खला : खेल हेर्न प्रवेश नि:शुल्क

काठमाडौं । काठमाडौंमा सुरू हुन लागेको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२० आई श्रृंखलाका खेलहरू हेर्न टिकट नलाग्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सबै खेलहरू टिकटबिना नि:शुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो । क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने बताएको छ ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । श्रृंखलाका लागि नेपाली टोलीको घोषणा पनि भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

यस्तो छ खेल तालिका

नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने छ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् । यस्तै, नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्ने छ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २१ मा थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड र नेपाल, माघ २३ मा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । यस्तै, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *