नेपालबाट पाँच जना प्राविधिक ‘Skill Fest Asia 2025’ को लागि छनोट

काठमाडाैं । बैंगलोर, भारतमा आयोजना हुन गइरहेको ‘Skill Fest Asia 2025’ प्रतियोगिताका लागि नेपालबाट पाँच जना प्राविधिक छनोट भएका छन् । नेपालभर क्षेत्रीय तथा राष्ट्रिय स्तरमा आयोजित ‘TVS Mechanic ko Badsha’ प्रतियोगिताबाट उत्कृष्ट ३० जनाबीचको थिओरेटिकल तथा प्राक्टिकल परीक्षण पश्चात शीर्ष ५ जना छनोट भएका हुन्।

नेपालबाट छनोट भएका प्रतिभाशाली प्राविधिकहरू:-

  1. राकेश नक्खुसी – आर.डी. अटो ट्रेड, सल्लाघारी, भक्तपुर
  2. सुरेश गुरुङ – गण्डकी मोटर्स, पोखरा (पर्सयांग)
  3. सुजन रायमाझी – बाइक मार्ट नेपाल प्रा.लि., खुसीबु
  4. सनम महतो – महालक्ष्मी इन्टरप्राइजेज, टाँडी
  5. सजन महर्जन – जगदम्बा इन्टरप्राइजेज, टेकु

उनीहरू अब नेपालका प्रतिनिधिका रूपमा TVS Nepal तर्फबाट ‘Skill Fest Asia 2025’ मा प्रतिस्पर्धा गर्न बैंगलोर प्रस्थान गर्नेछन् । यसअघि TVS Nepal ले सोही प्रतियोगितामा विश्वव्यापी रूपमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

यस वर्ष पनि नेपाली प्राविधिकहरूले उत्कृष्ठ प्रदर्शन गर्ने विश्वास गरिएको छ । प्रतियोगिताले प्राविधिक सीपको अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *