प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उनीहरूको शालिकमा पुष्पहार अर्पण गरे ।

प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ ।

वि.सं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायतले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा आजै सहिद दिवस विशेष समारोह आयोजना गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *