कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु](https://www.makalukhabar.com/wp-content/uploads/2024/01/cricket.jpg)
मान्म । आजदेखि कालीकोटमा प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आगामी फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।
जिल्ला क्रिकेट सङ्घका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पु¥याउनुका साथै कालीकोटलाई खेलकुदका माध्यमबाट चिनाउने लक्ष्य राखेको छ ।
विजेताले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयरलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष खड्गजङ्ग शाहीले जानकारी दिए ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको खुला टी–२० क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलप्रेमीलाई हौसला प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)