केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखी हुने,विजेताले १५ लाख पाउने

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ११ देखि १९ गतेसम्म हुने भएको हो ।

प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *