अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।
बुधबार सम्पन्न मतगणनामा सापकोटा निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै ७१ मतको अग्रतासहित विजयी भएका हुन् ।
सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे ।
सापकोटाको साथमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उपमहासचिव शक्ति बस्नेत रहेका थिए भने राईको साथमा अर्का उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्। उनले प्राप्त गरेको मत सार्वजनिक हुन बाँकी छ।
महासचिवमा रोशन थापा मगर विजयी भइसकेका छन् ।
