सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १६ गते
![सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/sabita-rana-magar-mk.jpg)
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको फाइनल खेलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । एपिएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।
त्यसैगरी ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरुले जनही रु ५० हजार प्राप्त गरे ।
त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्रमन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेकी थिइन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित