सहिदको सपना पूरा गर्न मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्नुपर्छ : कमल थापा

२०८१ माघ १६ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति मिल्ने बताएका छन् ।
सहिद दिवसका अवसरमा बुधवार पार्टीद्वारा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै उनले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताए । उनले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए ।
जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
श्रद्धान्जली सभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मान समेत गरिएको थियो ।

२०८१ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित