‘उठ नेपाली,जुट नेपाली’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीद्वारा स्वरबद्ध उक्त गीत अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत आज सार्वजनिक गरिएको हो ।

राष्ट्रभावले ओतप्रोत शब्दमा सिर्जित उक्त गीत सहिद दिवसको अवसर पारी भिडियो सार्वजनिक गरिएको गीतका रचनाकार अधिकारीले जानकारी दिइन् ।

मनोहर सुनामले सङ्गीत संयोजन गर्नुभएको उक्त गीत मिक्सिङ प्रकाश मिश्र र भिडियोको छायाङ्कन वीरेन्द्र भाटले गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *