आजदेखि त्रिकोणात्मक टी-२० : उद्घाटन खेलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

२०८१ माघ १७ गते

काठमाडौं । आजदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला शुरू हुँदैछ।
शृङ्खलाको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । खेल आज मध्याह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।

२०८१ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित