एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पुर्याउँछ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति समुदायबिचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को अवसरमा आज शुभकामना दिँदै नेपाली बिचको एकता र सद्भाव बढाउन हाम्रा चाडपर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
बहुभाषी, बहु जातीय, बहु सांस्कृतिक र बहु धार्मिक मुलुक नेपालमा मनाइने चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाफत मुलुकका सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा सम्वद्र्धन गर्न सम्भव भएको हो भने ।
कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गरी सुखी र समुत्रत प्रदेशका पक्षमा काम गरिरहेको बताउँदै देशको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको अतुलनीय योगदान रहेको शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धिसहित आपसी सद्भाव र भ्रातृत्वको भावना बढाओस् भनी शुभकामना व्यक्त गरेका छन् ।
